सातै प्रदेशमा एकै साथ ३९६ वटा अस्पतालको शिलान्यास गरिँदै



काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले ५, १० र १५ शैयाका अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार सरकारको यो स्वास्थ्य क्षेत्रमा अहिलेसम्मकै ठूलो लगानी हो ।
हालसम्म आधारभूत अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जस अन्र्तगत पाँच शैयाका ५२, १० शैयाका एक सय नौ र ५० शैयाका ३५ वटा अस्पताल निर्माण हुनेछन् । दुई वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने सरकारको योजना छ।
३ सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि यो वर्ष ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ निकासा भएको संघीय मामिला मन्त्रालयले जनाएको छ। अस्पताल निर्माण र उपकरण जडानका लागि करिब ५८ अर्ब रुपैयाँ खर्च हुने सरकारको अनुमान छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्