बंगलाचुलीमा ४६ जना काग्रेस परित्याग गरी (नेकपा) मा प्रवेश



कमिरेचौर,१५ मंसिर ।
बंगलाचुली गाउँपालिका वडा नंम्वर एकमा नेपाली काग्रेस परित्याग गरी दुई जना निर्वाचित जनप्रतिनिधि सहित ४६ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेपाली काग्रेस बाट वडा नम्वर एकको वडा सदस्यमा निर्वाचित चन्द्र कुमार घर्ती र दलित महिला सदस्य राधिका नेपालीको नेतृत्वमा ४६ जना नेपाल कम्युनिष्ट पार्टि (नेकपा)मा प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरुमा ऋषिराम भण्डारी,गोकर्ण घर्ती,रिखा घर्ती,भिम बहादुर टोमटा, छविलाल वि.क,सुभान वि.क.,तुलसा सार्की,प्रकाश पुन,पार्वता परियार ,कुमार आर.सी.गणेश के.सी लगाएतकाले नेपाली काग्रेस परित्याग गरी (नेकपा)मा प्रवेश गरेका हुन् ।

उनिहरुले नेपाली राजनितीमा नेपाली काग्रेसले गरिव दुःखी जनताको सेवा भन्दा व्यक्तिगत स्वार्थ र जनतालाई धोखा दिने जस्तो काम गरेको हुँदा नेकपामा प्रवेश गरेको बताएका छन् । नवप्रवेशीहरुले नेपाल कम्युनिष्ट पार्टीनै नेपाली जनताको सच्चा अविभावक भएको हुँदा नेकपामै बसेर समाज सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसैविच कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथीहरुले नेपाली जनतालाई अविभावकत्व प्रदान गर्ने पार्टी भनेकै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भएको हुँदा सबै नेपाली जनताले नेकपालाई साथ दिनु पर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बंगलाचुली गाउँ पार्टी अध्यक्ष डोमाकान्त कवर मगरको अध्यक्षता एवं नेकपा जिल्ला कमिटी सदस्य तथा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको प्रमुख आतिथ्य एवंम पार्टिका जिल्ला सल्लाहकार सदस्य संकर लाल घर्ती, दुईनंम्वर क्षेत्र “क” का सचिवालय सदस्य तथा बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना घर्ति थापामगर, र नेकपा पुर्व जिल्ला समिति सदस्य गिर बहादुर कवर मगरको विशिष्ट आतित्यमा पार्टि प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बंगलाचुली गाउँपार्टी सदस्य सन्तराम भण्डारीको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउँपार्टी महिला सदस्य कुसुम पुनले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्