अचम्मका कुरा

प्रधानमन्त्री ओलीले खोले टिकटकमा खाता

By Thaha - Online

November 30, 2020

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकप्रिय भिडियो शेयरिङ एप टिकटक मा खाता खोलेका छन्। प्रधानमन्त्रीको @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो। उनको खाता भेरिफाइड समेत भएको छ।

उनले टिकटकमा राखेको भिडियोलाई अहिलेसम्म एक लाख ६९ हजारभन्दा धेरैले हेरेका छन्। त्यो भिडियोलाई १२ हजार जनाले लाइक गर्दा दुई सयभन्दा बढी शेयर गरिएको छ। उनको खातालाई अहिलेसम्म दुई हजार दुई सयभन्दा बढीले फलो गरेका छन्।