रिमा र रन्जनको आयो सावन होइनन् मेरा नजर युट्युबमा सार्वजनिक ( भिडियोसहित)



सैघाली खबर,
पुस १९ । ‘सावन होइनन् मेरा नजर किन त्यसै बर्सिदिन्छन्, जिन्दगीमा आउनेहरु किन त्यसै तर्सिदिन्छन्’ कुनै समयको अत्याधिक चर्चित यो गीत पुनः नयाँ साजसज्जाका साथ सार्वजनिक भए लगत्तै गीतले राम्रो चर्चा परिचर्चा पाएको छ ।

हालै मात्र युट्युबमा सार्वजनिक गरिएको गीतमा सुन्दरी नायिका तथा मोडल रिमा विश्वकर्मा र रन्जन रिजालले जीवन्त अभिनय गरेका छन् ।‘एउटा पुरुष जसले जिन्दगीमा अरु सबै थोक पायो, पाएन त केवल माया’ मुख्य सार बोकेको यो गीतले माया गर्ने र जीवनमा धोका पाउनेहरु सबैको कथा बोकेको छ । जसलाई चर्चित गीतकार अरुण तिवारीले सृजना गरेका हुन् ।

 

नागेन्द्र श्रेष्ठको स्वर तथा टीका भण्डारीको सङ्गीत अनि सन्दीप कार्कीको साउन्ड डिजाइन रहेको गीतलाई अमृत सुनुवारले निर्देशन गरेका हुन् । जुन गीतले युट्युबमा सार्वजनिक भए लगत्तै राम्रो प्रतिक्रिया बटुलीरहेको छ । गीतको दृश्य सम्पादन माधव बेलबासेले गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्