खप्तड छान्नाकाे डाडा खलंगामा १० सैयाकाे अस्पतालकाे शिलान्यास



उत्तम कुमार थापा बझाङ

खप्तड छान्ना गाउँपालीकामा १० सैयाकाे अस्पताल बन्ने भएको छ ।

गाउँपालीकाकाे वडा नम्बर ४ डाडा खलंगामा अाज एक कार्यक्रमका विच उद्घघाटन भएको हाे । गाउँपालीका अध्यक्ष बर्क बहादुर राेकायाले धुप बाल्दै व्यानरद्वारा शिलान्यास गरिएको गाैरिशङ्कर प्रा.वीका शिक्षक सिद्धराज राेकायाले बताए ।

अाज एक कार्यक्रमका विच उद्वघाटन कार्यक्रममा गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत दिपक रावल ,स्वास्थ्य ईन्चार्ज वडा अध्यक्ष लगाएत सबै जनसमुदायको उल्लेख उपस्थिति रहेकाे थियाे । गाउँपालीका स्थानीय सरकारले डाडाँकाे खलंगामा अस्पताल निर्माण गर्न थालेपछि स्थानीयमा खुसियाली छाएकाे छ ।

दस सैयाकाे अस्पतालका लागि जग्गा दान गर्ने गाेर्या राेकाया राम राेकाया राधिका राेकाया , थाेले राेकाया मिठ्ठु राेकाया ,सुरेन्द्र राेकाया , हर्क राेकाया बिर्क राेकाया हरि राेकाया दल राेकाया ,कुम्भ राेकाया बिष्णु राेकाया नरेश राेकाया भाेजराज राेकाया , सिद्धराज राेकाया अम्मराज राेकायाले निशुल्क जग्गा दिनुभएको हाे । सबै जग्गा दिने दातालाई गाउँपालीकाले धन्यवाद दिनुभएको शिक्षक सिद्धराज राेकायाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्