पछिल्लो २४ घण्टामा थप एक हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस अवधिमा देशभरका प्रयोगशालमा ९ हजार ९११ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

जसमध्ये काठमाडौं उपत्यकामा ८०९ संक्रमित रहेका छन्। काठमाडौंमा ६१५, भक्तपुरमा ६९ र ललितपुरमा १२५ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार ९३१ रहेको छ।

यीसहित नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ। हाल मुलुकभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेका छन्। सोमबार कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ। यी समित नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्