सांसद यादब, उहाको दाइ र आमा द्वारा न्यालयलाई समेत झुक्याई ठगी र जलसाजी गरेको रहस्य उजागर



प्रदेश नं २ का प्रदेश सांसद संजय कुमार यादब लगायत उहाको दाइ र आमा द्वारा न्यालयलाई समेत झुक्याई ठगी र जलसाजी गरेको रहस्य उजागर भएकाे पिडित अजय कुमार यादबले बताउनुभएकाे छ ।


सर्लाही जिल्ला निर्वाचन ३(ख) का प्रदेश सांसद संजय कुमार यादव लगायत उहाँको दाइ राजनारायण यादब र आमा राज कलि देबिको मिलोमतोमा भएकाे पिडित यादबकाे भनाइ छ ।६/१३ गते को समान्निय जिल्ला अदालत सर्लाही र मालपोत कार्यालयलाई झुक्याई र जलसयमा पारी जिल्ला अदालत सर्लाहीबाट चलन पुर्जी लिई अन्शियार आरती देबि यादवनि र राज किशोर रायको नाममा रहेको अंश भाग समेतको जग्गा लिएकाे पिडितकाे भनाइ छ ।

सांसद संजय कुमार यादव ,राजनारायण राय यादव र राज कलि देबिको नाममा मालपोत कार्यालयबाट लालपुर्जा समेत लिई ठगी र जालसाजीको रहस्य उजागर भएको छ। सम्पुर्ण न्यायका पक्षधरले ठगी र जलसादी गर्ने र गराउने प्रदेश सांसद लागायत संलगन ब्यक्तीहरुलाई अबिलम्ब कार्बाहीको माग गर्नुको साथै अन्शियारको अंश फिर्ता समेत दोषीलाई कार्बाहीको माग गरेकाे हुन ।
हजुरबुवाको नाममा रहेको जमिनमा लेखेकै छ कि म मरेपछि मेरो नाममा रहेको जमिन सबैजना एकता भएर बाटिने तर माननिय संजय यादबले झुक्याएर अदालतलाई सबै जमिन आफनो नाममा गराएकाे उहाले बताउनुभएको छ ।

त्यस्तै अारति यादबनि देबिले अदालतलाई झुक्याएर काम गराएकाे छिटोछरितो जग्गा फिर्ता गर्नुपर्ने सांसद यादबलाइ आग्रह गर्नुभएकाे छ । संजय मानिनयले ४० बिगहा जमिन अाफनाे नाममा गराइ सकेकाे उहाले अाराेप लगाउनुभयाे। सांसद यादबलाई कानुनी कार्वाही हुनुपर्ने र जग्गा फिर्ता गर्नुपर्ने समेत उहाले माग गर्नुभयाे ।

प्रदेश सांसद संजय कुमार यादवले अाफनाे दाइ राजनारायण यादव दुबै दाजुभाइ आमा मिलि नेपालको संबैधानिक अङ्ग अदालत जस्तो गरिमामय निकायलाई झुक्याएकाे उहाले अाराेप लगाउनुभयाे ।
अारति देबिले चलन पुर्जी लिई चलन पुर्जी सरकारी कागजमा किर्ते गरि दा.खा. खारेज गराई अर्का दाजु भाइको अंस को ३५ बिघा जग्गा आफु लगायत दाइ र आमाको नाममा सरकारी कागज किर्ते कागज बनाई मालपोत कार्यालयबात जग्गा पास गराएको तथ्य बाहिर आएको जानकारी दिनुभयो ।

त्यस्तै पिडित राजकिशोर यादबले माननिय संजय कुमार यादबले र उहाको हजुरआमा मिलेर हाम्रो निजि जमिन आफनो नाममा गराएकाे उहाले दुख प्रकट गर्नुभयाे ।
जब मालपोतमा जादा जमिनको कागजातमा सबै संजयको नाममा रहेकाे हाम्रो जमिन उहाको हजुरआमा र उहाको नाममा रहेकाे थियाे ।

त्यस्तै पिडित मिसतार यादबले प्रदेश सांसद जस्तो गरिमामय पदको धजी उडाएको उहाँको भनाइ छ । यस्तो किसिमको प्रवृत्तिले समाजमा खराब संदेश अाएकाे उहाले अाराेप लगाउनुभयाे ।

२०७६/६/१३ को अदालत को चलन पुर्जी पत्रमा सरकारी कागजमा किर्ते ,जग्गा नामसारी र जल्साद कुरा प्रदेश सांसद संजय यादबका , उनका दाइ र आमा द्वारा प्रस्त देखिएकाे र बुझिएकाे छ । भ्रष्टाचारी ,जल्सादी ठगी सांसद सायद नेपालमा कमै होला यस्तो ठगी किर्ते कार्य बन्द गर्नुपर्ने उहाँको भनाइ छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्