शुद्धोधन गाउँपालिका प्रमुख निसर अहमद खाँद्वारा १० शैयाको अस्पताल भवन शिलान्यास



प्रभुनाथ गुप्ता
१५ मङ्सिर, कपिलवस्तु । शुद्धोधन गाउँपालीकामा १० सैयाकाे अस्पताल बन्ने भएको छ ।

शुद्धोधन गाउँपालीका वडा नम्बर ३ लबनीमा सोमबार एक कार्यक्रमका विच १० शैयाको अस्पताल भवन उद्घघाटन भएको छ । उक्त गाउँपालिका का अध्यक्ष निसर अहमद खाँ र गाउँपालिका उपाध्यक्ष सुधा देवी पाण्डेले शिलान्यास गरिएको स्वास्थ्य शाखा प्रमुख असफाक अहमद खाँले बताए ।

उक्त कार्यक्रमका विच गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, स्वास्थ्य ईन्चार्ज वडाअध्यक्ष लगाएत सबै जनसमुदायको उपस्थितिमा उद्घाटन गरिएको थियो।

गाउँपालीका स्थानीय सरकारले लबनीमा अस्पताल निर्माण गर्न थालेपछि स्थानीयमा खुसियाली छाएकाे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख असफाक अहमद खाँले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्