तिनदशक देखि भोगचलन गरेको जग्गा कब्जामा पारिएपछि दशजना दलित परिवार विस्थापित



धनबहादुर बिक
बेलडाडी कञ्चनपुर
तिनदशकदेखि खरिद गरि भोगचलन गर्दै अाएको जग्गा जबर्जस्ती अर्कैले कब्जा गरेपछि कञ्चनपुर को बेलडाडी का एक दलित परिवार बिचल्लीमा परेका छन ।

तिनदशक अघि ६० बर्षिय केशव बहादुर सुनारले हाल गाउपालिका वडा नम्बर २ तथा तत्कालीन बेलडाडी गाबिस ८ चौवन्नी बजार को उत्तर तर्फ नेपाली सेनाको क्याम्प रहेको स्थान नजिक नहरसंग जोडिएको ६ कठ्ठा ७ धुर प्रति जग्गा तत्कालीन चलनचल्ति अनुसार सोही गाउका पदम पाण्डे संग ४५ हजारमा खरिद गरेको पिडित सुनार ले बताए ।

दुई दशक सम्म भोगचलन गर्दै अाएको जग्गा सोही गाउका दानसिंह सुनारले अाफ्नो जग्गा परेको जनाउदै २०७० सालमा जबर्जस्ती कब्जामा पारेको पिडित सुनारले बताएका छन ।

जबर्जस्ती कब्जा गरेका दानसिंह सुनारले सोही गाउका हरपअोम भट्ट लाई महङ्गो भाउमा बिक्री गरेपछि सुनारको दशजनाको परिवार बिचल्लीमा पर्दैअाएका हुन ।

दानसिंह सुनार र हरिअोम भट्ट को ज्यादती मा परि विस्थापित सुनार परिवार केहिबर्ष अाफन्तको गोठमा बस्दै अाएको मा हाल दुई बर्षदेखि चौवन्नि र बेलडाडी बजारको मध्यभागमा रहेको बिस्वकर्मा मन्दिर परिसरमा डेरा गरि बस्दै अाएका छन सुनारले भोगचलन गरेको जग्गामा घरगोठ अहिलेसम्म सोही स्थामा रहेको छ भने भट्ट परिवारले केहिदिनयता सुनारको घर गोठ भत्काईदिने तथा उनले उत्पादन गरेको बोटबिरूवा हरू काटिदिने जस्ता गतिविधि गर्दै अाएको पिडित ले बताएका छन ।

सुनार परिवारलाई अाफुले बनाएको सोही घरमा भोगचलन गरि बस्न जनप्रतिनिधि ले सुझाव दिएका छन । बेलडाडी गाउपालिका वडा नम्बर २ का अध्यक्ष प्रेम बहादुर खातिले ढुक्क भएर अाफ्नो घरमा बस्न सल्लाह दिएको केशव बहादुर सुनारले बताए । केशव सुनार वास्तविक पिडित हुन त्यसैले उनलाई अाफैले बनाएको घरमा गई बस्नुस नापि अाएपछि जे जस्तो निर्णय हुन्छ छानबिन गरिनेछ भनेका छौ वडाअध्यक्ष खातिले बताए ।

विस्थापित सुनार परिवार अहिले जिविकोपार्जनका लागि उनका छोराहरू छिमेकी भारत तिरको ज्यालामजुरिले पालिदै अाएका छन । देशमा लोकतन्त्र र गणतन्त्र अाएको पुंजीपति र पउँचवालालाई मात्रै रहेछ हामिजस्तो गरिब को समस्या कस्ले हेर्छ र सुनारले दुख पोखे ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्