ओलीले भोलीको बैठकमा दुवै पदबाट राजीनामा दिनु पर्छः शर्मा



काठमाडौं । सत्तारुढ नेकपाका नेता जनार्दन शर्माले साँच्चै पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भए अध्यक्ष केपी ओलीले भोलि बस्ने सचिवालय बैठकमा दुवै पदबाट राजीनामा दिन सक्नुपर्ने बताएका छन् ।

एक टेलिभिजन कार्यक्रमलाई दिएको अन्तरवार्तामा शर्माले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो जवाफी दस्तावेजमा भनेजस्तै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण नै गर्न चाहेको हो भने ओलीेले आफुले राजीनामा दिएर अर्को व्यक्ति जो हो त्यसलाई अगाडि ल्याउनुपर्ने बताए ।

नेतृत्व हस्तान्तरणको सम्भावना कति छ भन्ने प्रश्नमा नेता शर्माले भने, ‘म यति कुरा भन्न चाहान्छु कि सम्माननीय प्रधानमन्त्री ज्यूले भोलिकै बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएर अर्को पात्रलाई को व्यक्ति हो त्यो अगाडि ल्याउनुहुनेछ ।’

उनले प्रधानमन्त्री ओलीले अघि सारेको नेतृत्व हस्तान्तरणको प्रस्तावलाई स्वागत गर्दै त्यसो गरे आफूहरुको पूर्ण समर्थन रहने पनि बताए । ‘त्यसलाई हामी समर्थन गर्नेछौं । सिङ्गो स्थायी कमिटीले समर्थन गर्नेछ । त्यसो गर्दिने बित्तिक्कै अध्यक्ष प्रचण्डले त्यो कुरालाई समर्थन गर्नुहुनेछ । अनिमात्रै पार्टी नयाँ पुस्तामा जानेछ’ शर्माको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्