अछाम बस दुर्घटना : घाईते तीन जनालाई थप उपचारका लागि हेलीकप्टरमार्फत नेपालगञ्ज लगियो



अछामका बस दुर्घटनाका घाईतलाई थप उपचारका लागि हेलीकप्टर मार्फत नेपालगञ्ज रेफर गरिएको छ ।

आज बिहान जिल्लाको चौरपाटी गााउपालिका मार्कुमा भएको बस दुर्घनमा घाईते ३ जनालाई नेपाली सेनाको हेलीकप्टर मार्फत नेपालगञ्ज रेफर गरिएको हो ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नं ६ भाग्यश्वरका ६० बर्षकाका कृष्ण राज पण्डित र उनकी श्रीमती ५१ बर्षिय बसुन्धुरा पण्डित र वडा नं १३ बाब्लाका ३० बर्षका कृति सिह कुँवरलाई रेफर गरिएको बयालपाटा अस्पतालले जनाएको छ ।

प्रतिनिधी सभा सदस्य तथा पूर्व गृह उपप्रधान मन्त्री भिम रावलको पहलमा ३ जना घाईतेलाई थप उपचारका लागि कोहोलपुर मेडिकल कलेजमा रेफर गरिको हो । अन्य घाइतेको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्