कञ्चनपुरमा डेढ लाख बढीको अवैध सामान बरामद



कञ्चनपुरमा सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइएका अवैध सामान बरामद गरेको छ। जिल्लाको महाकाली नगरपालिका–१ गौरीशंकर सामुदायिक वन इलाकाबाट डेढ लाख बढीको अवैध सामान बरामद गरिएको हो।

भारतबाट भन्सार छलेर ल्याइएका प्याज, मैदा, सलाई, स्विट सुपारी र मोबाईल गरी १ लाख ६० हजार १ सय बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले बताए।

बरामद भएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको उनले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्