एन्टिजेन परीक्षण सुरु: अब बीस मिनेटमै कोरोना परीक्षण !



मङ्सिर १६, काठमाडौँ । सरकारले सोमबारबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ ।

कोरोना पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।

काठमाडौँ उपत्यकाका कोरोना प्रभावित क्षेत्रमा एन्टिजेन परीक्षण सुरु गरिएको हो । काठमाडौँ महानगरपालिकाका कोरोना जोखिम क्षेत्र पहिचान गरी परीक्षण गरिने भएको छ ।

डा. पाण्डेका अनुसार काठमाडौँ महानगरका कोटेश्वर, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिनेछ । उनले सोमबार पाँच सय जनाको एन्टिजेन परीक्षण गरिएकोे र २० देखि २५ मिनेटमै कोरोना परीक्षण गरी रिपोर्ट आउने बताए । एन्टिजेनमा पीसीआर जस्तै विधि भएको बताउँदै डा. पाण्डेले घाँटीबाट स्वाब सङ्कलन गरेर परीक्षण गरिन्छ भने ।

एन्टिजेनमा पपिसिआर जस्तै विधि हो, डा.पाण्डेले भने, “घाँटीबाट स्वाब संकलन गरेर परीक्षण गरिन्छ ।” उनले समग्र जनसंख्यामा भने एन्टिजेन परीक्षण नगर्ने बताए । संक्रमितको सम्पर्कमा आएकाहरुलाई स्थानीय निकायको सहयोगमा काठमाडौंका कोरोना हटस्पट क्षेत्रका बासिन्दालाई मात्र एन्टिजेन परीक्षण गर्न लागेको बताए ।

पाण्डेले तीनहजार पाँचसय जनसंख्यामा एन्टिजेन परीक्षण गरेर त्यसको नतिजाको आधारमा थप परिक्षण गरिने जानकारी दिए । विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिजेन परीक्षणमा ८५ प्रतिशत परिणाम हुने मान्यता हुन्छ ।

काठमाडौं महानगरपालिकाको ४, ७ र ९ वडामा पहिलो सोमबार र मंसिर १७ मा १४, १६ र १० वडाका जोखिम स्थान तोकी परीक्षण गर्ने तयारी गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्