रोल्पामा खसी चोरी गर्न गएका २ युवाको भिरबाट लडेर एकै चिहान भयो: प्रहरी



दाङ, मंसिर १५ । रोल्पामा मृ’त फेला परेका दूई युवाको पहिचान खुलेको छ ।

उनीहरु रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ३ का अन्दाजी ३५ बर्षी बिरबहादुर हमाल र दाङको बंगलाचुली गाउँपालिका वडा नं.२ का अन्दाजी ३१ बर्षीय कृष्ण केसी रहेको प्रहरीले जानकारी दिएको छ ।

परिवारका सदस्यले उनीहरुको पहिचान गरेका हुन । प्रहरीका अनुसार दाङका केसीको आइतवार बेलुका र रोल्पाका हमालको सोमवार विहान पहिचान भएको हो ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं.४ स्थित जिया खोला किनारमा मंसिर १२ गते बेलुका दुबै युवाको श’व एकै ठाउँमा फेला परेको थियो ।

प्रहरीले मंसिर १३ गते श’व पोष्ट मार्टमका लागि जिल्ला अस्पताल लिवाङ पु¥याएको थियो । उनीहरु दुबै जनाको भाग्ने क्रममा भिरवाट लडेर एकै साथ मृ’त्यु भएको अनुमान प्रहरीले गरेको छ ।

रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले तिहार अगाडि गाउँमा खसी बाख्रा चोर्न भनेर गएको उनीहरु दुबै जनाको गाउँलेले लखेट्दा भाग्ने क्रममा लडेर मृ’त्यु भएको अनुमान गरिएको जानकारी दिए ।

‘ चोर्न गएका उनीहरु गाउँलेले हल्ला खल्ला गरेपछि भाग्ने क्रममा भिरबाट लडेर मृ’त्यु भएको देखिन आएको छ,’ डिएसपी सुवेदीले भने ‘ घटनावारे थप अनुसन्धान जारी छ ।’

केसी र हमाल गत बर्ष मात्रै चोरी गरेको अभियो’गमा जेल परेर साउनमा मात्रै जे’ल मुक्त भएका थिए ।

खसी बाख्रा चोरी गरेको अभियोगमा गत वर्ष पुसमा उनीहरु दुबै जना पक्राउ परेको र जिल्ला अदालतको आदेशमा पू’र्पक्षको लागि सजाय भुक्तानी गर्नका लागि ८ महिना थुनामा बसेका थिए ।

डिएसपी सुवेदीले उनीहरु दुबै जना साउन २३ गते मात्रै जिल्ला कारागार रोल्पावाट छुटेको जानकारी दिए ।

सजाय भोगेर आएपनि उनीहरुले चोरी नछोडेको र त्यसैगरी चोरी गर्ने क्रममा उनीहरुको भिरवाट लडेर मृ’त्यु हुन गएको प्रहरीले बताएको छ ।

‘कसैले कुटपिट वा ह’त्या गरि उनीहरुलाई फालेको हैन,’ डिएसपी सुवेदीले भने ‘ अहिले सम्मको अनुसन्धानले चोरी गर्न गएका उनीहरुलाई गाउँलेले लखेटेपछि भिरवाट लडेर एकै चिहान भएको देखिन्छ ।’

रोल्पाबाट खसी बाख्रा चोरी गरि दाङमा ल्याएर बेच्ने र दाङबाट चोरी गरि रोल्पा लगाएत आसपासका जिल्लाहरुमा लगेर उनीहरु बेच्ने गरेको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्