आफ्नै कार्यकालमा अस्पताल सञ्चालन गर्नेछु : अध्यक्ष चोङवाङ



तेह्रथुम । १६मंसिर०७७फेदाप,तेह्रथुमको फेदाप गाउँपालिकाका अध्यक्ष हरि प्रसाद चोङवाङले आफनै कार्यकालमा १० बेडको अस्पताल सञ्चालन गर्ने बताउनु भएको छ ।

गाउँ पालिकाको केन्द्रमा रहेको पोक्लावाङ स्वास्थ्य चौकिको प्राङ्गणमा सोमबार १० बेडको आधारभूत अस्पताल भवनको शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष चोङवाङले आफ्नै कार्यकालमा अस्पताल संन्चालनमा ल्याउने नागरिक सामु प्रतिबद्धता गर्नु भएको छ।

नेपाल सरकारको सहयोग र फेदाप गाउँपालिकाको पहलमा १० बेडको अस्पताल भवनको शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष चोङवाङले छिटो छरितो रुपमा भवन निर्माण कार्य सम्पन्न गरि जनतालाई स्वास्थ्य सुविधा प्रदान गर्ने बताउनु भएको छ ।

१०बेडको अस्पताल निर्मान भए सगै फेदापेली नागरिक सामन्य रोगको उपचारका लागि बिराटनगर र धरान जानुपर्ने बाध्यता हटेर जाने अध्यक्षको भनाई छ । १० बेडको अस्पताल सुविधा सम्पन्न हुने भएकोले यस क्षेत्रका जनता बाहिर नगई यहाँ नै सुविधा पाउने भएकोले बढी रकम उपचारको लागि खर्चिनु नपर्ने भएको छ ।

नागरिकले जागरुक हुनुपर्ने, सवाल गर्नुपर्ने, सुविधा सम्पन्न अस्पतालबाट सेवा सुविधा लिनुपर्नेमा जोड दिएका छन। १० बेडको आधारभूत भवनको शिलान्यास हिन्दु परम्परा अनुसार पडित शिलान्यास गरिएको छ।

अस्पताल भवन करिब १० करोड ८३ लाख ३६ हजारमा आगमि २ वर्ष भित्रमा निर्माण सम्पन्न हुने छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्