फेदाप गाउँपालिकाको केन्द्रमा १० बेडको अस्पताल माननीय खापुङद्धारा शिलान्यास



१५ मंसिर २०७७ फेदाप, सरकारले देशका तीन सय ९६ पालिकामा आधारभूत अस्पताल निर्माणका लागि सोमबार एकसाथ दुई सय ५० भन्दा धेरै अस्पताल भवनको शिलान्यास गरेको छ । पालिकामा आधारभूत स्वास्थ्य सेवा पहुचँ पुर्याउने उद्देश्यले सरकारले सोमबार एकैसाथ दुई सय ५० भन्दा धेरै अस्पताल भवनको शिलान्यास गरेको हो ।

निर्वाचन पछि पहिलो पटक औपचारिक कार्यक्रममा फेदाप पुगेका सघिय सांसद भवानी प्रसाद खापुङले फेदाप गाँउपालिकाको केन्द्रमा रहेको पोक्लाबाङ स्वास्थ्य चौकिको प्रांगणम एक कार्यक्रमको विच १० बेड अस्पतालको शिलान्यास गर्नु भएको छ।शिलान्यास कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै माननीय खापुङले संविधानमै स्वास्थ्य सम्वधित हकलाई मौलिक हकको रुपमा व्याबस्था गरेको उल्लेख गरेको बताउनु भएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा देखिएको समस्या पार्टी फुटको लागि नभइ पार्टी जुझारु र क्रान्तिकारी पार्टी निर्माणको लागि बताउनु भएको छ।यो समय निर्माणको समय भएको हुदाँ साना तिना विषयमा विवाद अल्झिनु भन्दा मिलेर जानुको विकल्प नरहेको बताउनु भएको छ।शिलान्यास गरिएको अस्पताल सरकारले निर्धारण गरेको माफदण्ड अनुसार समयमै निर्माण सम्पन्न गर्न समेत आग्रह गर्नु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका तीन सय ९६ पालिकामा पाँचदेखि १५ बेडको अस्पताल बनाउन लागेको हो । सात वटा प्रदेशमा ५०/५० बेडका सरुवा रोग अस्पतालहरूको पनि एकैसाथ निर्माण गर्न लागिएको अर्थमन्त्री पौडेलले बताउनुभएको छ । पालिका स्तरमा निर्माण हुन लागेका ३ सय ९६ वटा आधारभूत अस्पतालका लागि ५७ अर्ब ९५ करोड ११ लाख रुपैयाँको बजेटको स्रोत सुनिश्चितता भइसकेको पनि अर्थमन्त्री पौडेलले बताउनु भएको छ ।यस्तै सात वटै प्रदेशमा निर्माण हुने सरुवा रोग अस्पतालका लागि हरेक अस्पताललाई आठ करोड रुपैयाँको दरले बजेट सुनिश्चित गरिएको पनि अर्थमन्त्री पौडेलले बताउनुभएको छ । सात सय ५३ पालिकामध्ये ६ सय ४९ पालिकामा यसअघि पनि अस्पताल थिएन । तीमध्ये पहिलो चरणमा ३सय ९६ पालिकामा अस्पताल निर्माण गर्न लागिएको हो ।

फेदाप गाउँपालिकाको केन्द्रमा निर्माण हुने अस्पताल करिब १० करोड ८३ लाख ३६ हजार रहेको छ।अस्पताल निर्माणको लागी स्वास्थ्य मन्त्रालयले पहिलो किस्ता स्वरुप ८५ लाख निकास गरिसकेको छ।शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख शिब ढंगाना,फेदाप गाउँपालिका अध्यक्ष हरिप्रसाद चोङवाङ स्थानिय राजनितिक दलका प्रतिनिधि नागरिक लगायातको उपस्थिति रहेको थियो।अस्पताल दुइ वर्ष भित्र निर्माण सम्पन्न हुने छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्