सुनाखरी ऋण सहकारी सँस्थाको साधारण सभा तथा अधिबेसन



दाङ । सुनाखरी बचत तथा ऋण सहकारी सँस्था लिमिटेड लमहीको आठ अौँ बार्षिक साधारण सभा तथा चार अौँ अधिबेसनले नौ सदस्यिय नया कार्यसमिति चयन गरेको छ ।

लमहीमा सम्पन्न साधारण सभा तथा अधिबेसनले रेसम बिसीको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा श्रृधर पाण्डे, सचिब भेषराज भट्टराई र कोषाध्यक्षमा तिलक भट्टराई चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा झपिन्द्र प्रसाद आचार्य, मोहन केसी, टुङ्गनाथ यादब, हरि धिताल र शोभाकला खनाल रहेका छन् । त्यस्तै लेखा समितिमा ठाकुर चन्द्र चौधरी, गोबिन्द बेलबासे र देवमणी चौधरी चयन भएका छन भने ऋण उपसमितिमा मोहन केसी, झपिन्द्र प्रसाद आचार्य र टुङ्गनाथ यादब चयन भएका हुन ।

सँस्थाले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत प्रत्यक बर्ष असाहाय, अशक्त तथा शिक्षा क्षत्रमा सहयोग पुय्राउँदै आएको छ । यसबर्ष पनि सँस्थाले सिसहनियामा रहेको निलसागर आश्रमलाई ८ हजार बराबरको खाद्यान्न सहयोग गरेको छ । त्यस्तै सँस्थाको कार्यक्षत्र भित्र पर्ने विभिन्न बिद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बिद्यार्थी हरुलाई विभिन्न शैक्षिक सामाग्री सहयोग पनि गरेको छ ।


सँस्थाका अध्यक्ष पुनाराम केसीको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिम बहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सँस्थाका उपाध्यक्ष भिमकुमार घिमिरेको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा सँस्थाका सदस्य तथा सँयोजक मोहन केसीले आर्थिक तथा बार्षिक प्रगती प्रतिबदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सँस्थाका सेयर सदस्यहरु सीता आचार्य, रेसम बिसी लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण सँस्थाका सचिब भेषराज भट्टराईले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्