कविता : बाल पीडा



हिमालको हिउँमा
चौँरी गाई छेउमा।

टल्किएका झै मोती
अरु सब त कति।

डाँफे अनि मुनाल
अरु कति होलान।

यार्सागुम्बा खोजेर
किन्दै हामी रोजेर।

कापी अनि कलम
यस्तै हाम्रो चलन।

पढ्न लेख्न छाडेर
हिमाल नै चढेर।

बिद्यालय छाडेर
आँखा त्यता गाढेर।

कमाएको धनले
पढ्नु पर्ने मनले।

दु:ख देख्ने कसले
बाँकी दिन्न पसले।

भन्छ ल्याउ नगद
गर्छु तब स्वागत।

बाबा आमा दु:खमा
खान छैन मुखमा।

पढ्न पर्ने नेटमा
खाना छैन पेटमा।

कर्णालीको पीडामा
मानवको भिडमा।

यस्तै रैछ चलन
हुन्छ सधैँ जलन।

दुर्दराज क्षेत्रमा
अधिकार नेत्रमा।

डलरले छोपेको
किन होला हेपेको?

बिदेशीले दिएको
छैन केही लिएको।

कुनै पनि रकम
खान्छौ हामी कसम।

यस्तै रछ करिब
देश भयो गरिब।

हाम्रो मुटु टुटेको
कर्म रैछ फुटेको।

नेटमा नै पढने
जेटमा नै चढने।

छोराछोरी धनिका
हामीलाई कनिका।

कस्ले दिन्छ है खान
हाम्रो दु:ख नि जान।

हाम्रो पिडा नै सब
देख्छ कस्ले है अब।

यस्तै साथी छ हाल
बाल पीडा बेहाल।

धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्