सैघाली खबर,
हुम्ला, १९पुस – हुम्ला जिल्लाको विभिन्न गाउँमा फैलिएको रुघा खोकीले ६ जनाको ज्यान गएको भएको छ । तााजाकोट गाउँपालिकामा दुई र सर्केगाढ गाउँपालिकामा चारजना गरी पछिल्लो एक हप्तामा ६ जनाको ज्यान गएको हो ।
बढेको चिसो र धुँवाधुलोले रुघा खोकी लागेर बृद्धबृद्धासहित जवानको पनि ज्यान गएको हो । रुघा खोकी लाग्ने, ज्वरो आउने, हात खुट्टा लगातका शरीरिरका अंग दुख्ने लक्षण देखिने बिरामी गाउँमा बढेको स्थानीय बासिन्दाले जनाएका छन् ।
ज्यान गुमाउनेमा ताजाकोट गाउँपालिका–५ की ८० वर्षिया नन्दकली नेपाली र २५ वर्षकी रन्देवी नेपाली रहेका छन् । यस्तै सर्केगाढ गाउँपालिका–७ रोडीकोटगाउँमा चारजनाको ज्यान गएको छ । ९१ वर्षका भ्याले कार्की, ९२ वर्षका खैरे शाही, ८८ वर्षका गोरे जैशी र शंकर रोकायाको ज्यान गएको स्थानीय बासिन्दा राजबहादुर बुढाले बताउनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।