क्रोएसियाका प्रधानमन्त्रीलाई कोरोना पोजिटिभ



काठमाडौं। क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकलाई कोरोना पोजिटिभ देखिएको छ। गत शनिबार उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो। उनलाई पनि संक्रमण पुष्टि भएपछि अहिले १० दिनका लागि सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरूले जानकारी दिएका छन्।

उनलाई पहिलोपटक परीक्षण गर्दा नेगेटिभ देखिएको थियो। तर, स्वास्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाब दिएपछि पुनः परीक्षण गर्दा पजिटिभ देखिएको हो।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनले घरबाटै आफ्ना काम गरिरहेको अधिकारीहरूले बताएका छन्। उनले आइसोलेसनमा बसेर कोरोनासम्बन्धी आधारभूत स्वास्थ्य सतर्कता पालना गरेको उनका सहयोगीहरूले जानकारी दिएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्