सचिवालय बैठकको कुनै औचित्य छैन: प्रधानमन्त्री ओली



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेका प्रस्तावमाथि छलफल प्रारम्भ गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले छलफल प्रारम्भ गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

तर नेकपा स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकको कुनै औचित्य नभएको बताएका छन्। उनले दुवै प्रतिवेदन स्थायी कमिटीमा लैजान नहुने समेत बताएका छन्। ओलीको उक्त प्रस्तावपछि सचिवालय बैठकमा चर्काचर्की परेको छ।

‘विवाद भइरहेको अवस्था छ। यस्तो अवस्थामा बैठक राखेर काम छैन। बैठकको औचित्य पनि छैन’, ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘त्यसैले अब बैठक नराखौं।’

बैठकको सुरूमै उनले अहिले बैठक राख्नुको औचित्य नभएको भन्दै बैठक नराख्न आग्रह गरेका थिए। तर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको औचित्यताका बारेमा स्पष्ट पार्दै बैठक किन नराख्ने ? भन्दै प्रश्न गरेका थिए। प्रचण्डको उक्त प्रस्तावमा महासचिव विष्णु पौडेलबाहेक बाँकी सबै सदस्यले सहमत जनाएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्