काठमाडौं प्रशासनद्वारा सभा, प्रदर्शन नगर्न आग्रह (विज्ञप्ती सहित)



काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका कुनैपनि सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको हो।

पछिल्लो केही समययता विभिन्न माग राखी काठमाडौंमा राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि बढिरहेको भन्दै जिल्ला प्रशासनले त्यस्ता गतिविधि नगर्न सूचना जारी गरेको छ।

विज्ञप्तिमा सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन स्थानीय प्रशासन ऐन–२०२८ र संक्रामक रोग ऐन २०२० विपरीत हुने उल्लेख छ।

प्रशासन कार्यालयले प्रशासनको अनुरोधविपरीत सभा, जुलुस र प्रदर्शन गरी भिडभाड गरे स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।पछिल्लो समय विभिन्न समूहबाट विभिन्न माग राखी विरोध प्रदर्शन गर्नेक्रम बढेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्