ओलीलाई प्रचण्डको ठाडाे चेतावनी : मैले ल्याएको प्रस्ताव फिर्ता हुनुपर्छ, छलफल हुँदैन भन्ने तपाईं को ?



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आजको बैठकमा अध्यक्षद्वले पेश गरेको राजनीतिक प्रतिवेदनलाई लिएर नेताहरुबीच आपसमा घोचपेच भएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा छलफल हुन नसक्ने बताएपछि घोचपेच भएको हो।

प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन नभएर आरोप मात्र भएको ओलीले भनेका थिए। उनले आफ्नो मात्र राजनीतिक प्रतिवेदनमा छलफल हुने अडान लिएका थिए। ओलीको उक्त प्रस्तावको प्रचण्डले प्रतिवाद गर्दा सचिवालय बैठकमा घम्साघम्सीको अवस्था सिर्जना भएको थियो। बैठकमा ओलीले आरोपपत्रमाथि छलफल हुन सक्दैन, फिर्ता हुनुपर्छ भनेपछि प्रचण्डले तपाईं को हो, मैले ल्याएको प्रस्ताव फिर्ता हुनुपर्छ, छलफल हुँदैन भन्ने ? भन्दै प्रतिवाद गरेको नेकपाका एक नेताले बताए।

त्यसपछि ओलीले सीमा र मर्यादामा रहन भन्दै रुलिङ गर्न प्रयास गरेपछि प्रचण्डले यहाँ कसैले कसैलाई रुलिङ गर्न मिल्दैन, कमिटीमा सबैको हैसियत बराबर हो। कमिटीले जे भन्छ त्यसैगरी अगाडि बढ्छ। साथीहरू के भन्नुहुन्छ यसमा ? भन्दै प्रश्न गरेपछि बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने समझदारी बनेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा अध्यक्ष ओली र दाहालले आ-आफ्नो धारणा राखेको र अन्य सदस्यहरूले छोटो रूपमा सामान्य धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले अब नेकपाका नेताहरूबीच औपचारिक र अनौपचारिक दुवै तहमा छलफल हुँदै जाने बताए। बैठक बुधबार १ बजे पुनः बस्ने छ।

पार्टीभित्र उत्पन्न भएको संकटको चुरो कारण र त्यसको समाधानका विषयमा गम्भीर छलफल गर्दै जाने र यसबारे औपचारिक र अनौपचारिक दुवै तहमा छलफलहरू हुने उनले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्