मंसीर१७,काठमाण्डौ।राजतन्त्र पुर्नस्थापनाको माग राखी बिगत केही दीन देखी राजधानी तथा देशका बिभीन्न जिल्लाहरुमा भैरहेको प्रदशनी र यही मंसीर २० गते राजधानीमा बृहत प्रदशनी गर्ने तयारीमा राष्ट्रीय नागरीक आन्दोलन समीती रहेको छ। राजधानीमा नागरीक आन्दोलनलाई असफल पार्ने गरी जिल्ला प्रशासन कार्यालयले यही १६ गते प्रेष बिज्ञप्ती जारी गरी राजधानीमा भिडभाड नगर्न निर्देशन गरेको छ। नागरीकको आन्दोलन कुनै तवरले नरोकीने बरु झनै शशक्त भएर अघाडी बढ्ने राष्ट्रीय नागरीक आन्दोलन समीतीका संबाद संयोजक तथा स्वतन्त्र नागरीक समाजका अध्यक्ष हेमबिक्रम सिलवालले बताएका छन ।
कोरोना संक्रमणको समयमा हुन लागेको राजधानी केन्द्रित नागरिक आन्दोलन सरकारले तोकेको स्वास्थ मापदण्डको पूर्ण पालना सहित नागरिक आन्दोलन अगाडि बढाउने आयोजकको तयारी छ । तर, सरकार कोरोनाको बहानामा दमनमा उत्रिए गणतन्त्रको अन्त्यको सुरुवात हुने नागरिक आन्दोलनका अगुवाहरुको दाबी छ ।
यदी सरकारले दमन गरेर रोक्न खोजे उसकै लागी प्रत्युत्पादक हुन्छ उनले भने नागरिक आन्दोलनलाई रोक्न खोज्नु हतोत्साहित मानसिकताको उपज हो नागरिक आन्दोलनलाई लछित गरि गरिने जुनसुकै हत्कण्डा शसक्त प्रतिबाद गर्न तयार छौ।
नागरीक आन्दोलन जनताको तहबाट उठेको आन्दोलन भएको हुदा यसलाई रोक्न खोज्नु सरकारको दुस्साहस मात्रै हुने बताएका छन ।पछील्लो समयमा राजतन्त्रको पक्षमा ब्यापक जनसहभागीता देखेर सरकारलेनै आलदोलनमा सहभागी नहुन आग्रह गरेको थियो भने काठमाण्डौ उपत्यकामा जिल्ला प्रशासन कार्यालयले प्रेष बिज्ञप्ती मार्फत भिडभाड नगर्न निर्देशन दिएको छ।राज्यले जस्तोसुकै अबरोध गरेपनी नागरीक आन्दोलन नरोकीने र नेपालमा संबैधानीक राजसंस्था पुर्नस्थापना गरीछाड्ने सिलवाल बताउछन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।