जनक नेपाली
दाङ १९ पुस ।दाङमा प्रदेशीक राजधानीका लागि आबश्यक पर्ने सम्पूर्ण पूर्वाधार तयारी अबस्थामा रहेको छन । प्रादेशीक राजधानी भौतिक अध्यन समितीका सदस्य सचिब एवं भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्रप्रसाद पाण्डेले यस्तो जानकारी दिनु भएको हो ।
जिल्लाको घोराही,तुलसीपुर र लमही क्षेत्रमा राजधानीका लागी आबश्यक पर्ने सम्पूर्ण भौतिक संरचना प्रयाप्त रहेको वताउनु भएको हो ।प्रादेशिक राजधानीका आबश्यक भौतिक संरचनाको सर्वे गर्ने क्रममा बेलझुण्डीको नेपाल संस्कृत विश्वविद्यालयको भवन नै भौतिक ,सुरक्षात्मक र वातावरणीय दृष्टिकोणले उपयुक्त भएको आफुहरुले पाएको प्रमुख पाण्डेले वताउनुभयो ।
सर्वेका क्रममा बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालयको नयाँ भवन प्रदेश राजधानीका लागी उपयुक्त भएको उहाँको भनाई छ। सात वटा मन्त्रालय, मुख्य मन्त्रीको कार्र्यालय,प्रदेश सभाहल,प्रदेश प्रमुखको कार्यालय , प्रदेश मुख्य सचिबको कार्यालय समेत बेलझुण्डीमा राख्ने सकिने भौतिक संरचना बेलझुडीमा रहेको प्रमुख पाण्डेले वताउनुभयो।
प्रदेशको मुख्य कार्यालय बेलझुण्डी भन्दा अनेत्र राख्न सक्ने अर्काे बिकल्प नभएको समेत प्रमुख पाण्डेले जानकारी दिनुभयो । भवनमा हाल १ सय ८ वटा रहेको वताउँदै उक्त कोठा मन्त्रालयका लागी उपयुक्त भएको प्रमुख पाण्डको भनाई छ। सबै मन्त्रालय बेलझुण्डी मै रहने र प्रदेश प्रमुखको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा रहने वताउनुभयो । घोराहीको जिल्लाका कृषि विकास कार्यालय , जिल्ला घरेलु कार्यालय , भवन डिभिजन कार्यालयको भवन भने मन्त्रीहरुको निवासका रुपमा प्रयोग गरिने पाण्डले बताउनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।