कपिलवस्तु , १७ मंसिर
कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका वडा नं. ४ शिर्शिहवा गाउँको बगैँचामा बेवारिसे अवस्थामा अन्दाजी २२ वर्षिय महिला एक महिलाको शब फेला परेको छ ।
रुखको फेदमा बाँया खुट्टामा सलले बाँधी घुमाएर घाँटीमा बाँधेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पौडेलले जानकारी दिनुभएको छ । मंगलवार साँझ ६ बजेतिर शब भेटिएको र हालसम्म मृतकको पहिचान नखुलेको उहाँले बताउनुभयो ।
शब पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लुम्बिनीमा पठाईएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिइएको छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला कृष्णनगरमा फेरी जघन्य घटना घटेको हो ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।