खेलकुद

रोनाल्डोले हात पारे गोल्डेन फुट अवार्ड

By Thaha - Online

December 02, 2020

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले गोल्डेन फुट अवार्ड हात पारेका छन्। युभेन्टसका फरवार्ड रोनाल्डोले लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की र मोहमद सलाहलाई पछि पार्दै अवार्ड हात पारेका हुन्।

रोनाल्डोले पहिलो पटक यस अवार्ड हात पारेका हुन्। मनोनयनमा परेका १० खेलाडीमध्ये रोनाल्डोले सर्वाधिक मत ल्याएका थिए।

मनोनयनमा रोनाल्डो, मेस्सी, लेवान्डोस्की, सलाहसँगै नेयमार, जर्जियो चेलीनी, सर्जियो रामोस, सर्जियो अग्युरो, जेरार्ड पिके र अर्टुरो भिडाल रहेका थिए।

गत वर्ष यस अवार्ड रियल मड्रिडका लुका मोड्रिचले जितेका थिए। मोनाको आयोजित एक कार्यक्रममा रोनाल्डोलाई उनको फुट प्रिन्ट प्रदान गरिनेछ।