‘टिक्ने र बिक्ने शिक्षा आबश्यक’



सैघाली खबर,
तुलसीपुर १९ पुस ।

तुुलसीपुर ४ मा रहेको जनश्रम माबिमा एक दिने नेतृत्व विकास तालिम भएको छ । व्यबस्थापन संकायमा अध्ययनरत बिद्यार्थीहरुका लागि उक्त तालिम सञ्चालन गरिएको हो ।

किताबी ज्ञानले मात्रै बिद्यार्थीको चौतर्फि बिकास नहुँने भन्दै उक्त तालिमको आयोजना गरिएको हो । बजारमा बिक्ने र टिक्ने शिक्षा दिन मद्धत पुग्ने भन्दै तालिमको आयोजना गरिएको बिद्यालयका प्रधानध्यापक शालिकराम न्यौपानेले बताए ।

साथै ब्यबस्थापन संकायमा अतिरिक्त ज्ञानको आबश्यक पर्ने भएकाले आउँदा दिनमा लेखापाल सम्बन्धि भ्याट, अडिटिङ, ट्याक्स सम्बन्धि तालिम दिईने ब्यबस्थापन संकायका उप्रप्राध्यापक शुर्य शर्माले बताए । बिद्यालयका प्रअ शालिकराम न्यौपानेको अध्यक्षता तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी थापाको प्रमुख आतथ्यिमा तालिमको उद्घाटन नगरिएको हो ।

कार्यक्रमको सहजीकरण उपप्रध्यापक शुर्य शर्माले गरेका थिए । तालिमको प्रशिक्षकमा निल्ड संस्थाका सन्दिप भुषाल रहेका छन् । आउँदा दिनमा लेखाका बिज्ञ बिरेन्द्र महरालगायतलाई प्रशिक्षकका रुपमा ल्याउने समेत आयोजकले प्रतिबद्धता जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्