अपाङ्गता भएका महिलाहरुको सवालमा आधारित वृत्तचित्र सार्वजनिक



काठमाडौं। अपाङ्गता भएका महिलाहरुको सवालमा आधारित वृत्तचित्र सार्वजनिक भएको छ। २९ औं अपाङ्गता दिवसको पूर्वसन्ध्यामा नेपाल नेत्रहिन महिला संघले आज वृत्तचित्र सार्वजनिक गरेको हो। रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा सार्वजनिक वृत्तचित्र प्रदेश २ मा रहेका अपाङ्गता भएका महिलाहरुमा केन्द्रित रहेको छ।

कार्यक्रममा बोल्दै नेत्रहिन महिला संघकी अध्यक्ष सिता सुवेदीले दृष्टिबिहीन महिला तथा अन्य अपाङ्ग भएका महिलाहरुलाई अधिकार दिलाउनको लागि विशेष कार्यक्रममा जोड दिइन्। उनले भनिन्, ‘दृष्टिबिहीन महिला तथा अन्य अपाङ्ग भएका महिलाहरुलाइ न्यायमा पहुच अभिवृद्धि गर्ने, कानुनी सचेतना दिनेलगायतमा वकालत गरिरहेका छौं ।’ उनले अपाङ्गता भएका महिलाको शिक्षा स्वास्थ्य रोजगारी उनीहरुको सुरक्षा जस्ता मानव अधिकारका न्युनतम आधारभुत पक्षहरुमा जोड दिइन्।

सुवेदीले नेत्रहिन महिला सँघले १५ वटा जिल्लाका विभिन्न शाखाहरुमा दृष्टिबिहीन महिलाहरुलाई संगठित गरि विकास शसक्तिकरण गर्नलाई सञ्जालीकरण गरेको पनि जानकारी दिइन्। उनले भनिन्, ‘पछिल्लो समयमा प्रदेश २ मा मुुस्लिम समुदायमा भएका नेत्रहिन महिलाहरु स्वास्थ्य शिक्षाबाट बन्चित भएकोमा उहाँहरुलाई अगाडि आउँन सहयोग गर्दै आएका छौं।’

राष्ट्रिय अपांग महासंघकी उपाध्यक्ष रमा ढकालले अपाङ्गता भएका महिलाको समस्या र चुनौतीबारे उल्लेख गरिन्। वृत्तचित्रले अपाङ्गता भएका महिलाको समस्या उजागर गरेको बताइन्। उनले सुदुरपश्चिमका बौद्धिक अपाङ्गता भएका र नेत्रहिन अपाङ्गहरु अझै पनि पछाडि रहेको बताइन्।

उनले भनिन्, ‘सिमान्तकृत भित्र पनि १० प्रकारका अपाङ्ग रहेको र त्यसमा पनि बौद्धिक अपाङ्गता र नेत्रहिन अपाङ्गता भएका अझै धेरै पछाडि रहेका छन्।’

ढकालले अपाङ्गता भएका र त्यसमा पनि नेत्रहिन महिलाको बारेमा यथार्थ समेटिएको वृत्तचित्र धेरै प्रभावकारी हुने आशा व्यक्त गरिन्। उनले समस्या उजागर गर्ने बलियो माध्यमका रुपमा वृत्तचित्र भएको बताइन्। ढकालले बर्दिबासमा बालिकाको बलात्कार पछि भएको हत्याको बारेमा समेत तयार भएको डकुमेन्ट्री सबैको सामु पुग्न अत्यन्तै जरुरी भएको बताइन्। उपाध्यक्ष ढकालले मधेसका अपांग महिलाहरु भाषाका कारण अझ थप समस्यामा भएको बताइन्।

नेपाल अपाङ्ग महिला संघको तर्फबाट मिना पौडेलले प्रदेश नमबर २ को रौतहट, बारा र रौतहटका महिला अझ पिछडिएको अवस्थामा रहेको बताइन्। उनले तनि जिल्लामा अझ समस्या भएकाले वृत्तचित्रमा तीन जिल्लाको अपाङ्गता महिलाको समस्यालाई समेटिएको खुलाइन्। नेत्रहिन महिला संघको कार्यक्रम अधिकृत लक्ष्मी नेपालले पनि अपाङ्गता भएका महिलाको समस्याबारे उल्लेख गरेकी थिइन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्