विवाह गर्दै नायिका श्वेता खड्का



काठमाडौं। नायिका श्वेता खड्काले विवाह गर्दै छिन्। उनले धनगढीका विजयन्द्र सिहं रावतसँग विवाह गर्न लागेकी हुन्।

मंसिर २२ गते उनीहरुको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ। विवाहमा परिवारको मात्रै उपस्थिति रहने जनाइएको छ। श्वेता र रावत केही समयदेखि प्रेममा रहेका थिए।

श्वेताको यो दोस्रो विवाह हो। यसअघि श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्।

श्रीकृष्णको विवाहको एक महिनापछि साउन २५ गते उपचारका क्रममा निधन भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्