घोडाघोडिका बिध्यालयमा पठनपाठन सुरु भएपनि कोरोनाको त्रास कायमै



कैलालि । मंसिर ८ गतेदेखि कैलालीसहित सुदूरपश्चिमभरका विद्यालयमा पठनपाठन सुरु गरिएको छ।

तर कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेको भन्दै शिक्षकहरुले चिन्ता व्यक्त गरेका छन्।

विद्यालयमा विद्यार्थी र शिक्षकहरुले अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गरे पनि विद्यार्थीबीच भौतिक दुरी कायम गर्न चुनौती थपिएकोले कोरोनाको जोखिम बढेको हो।

स्वास्थ्यकर्मीले कोरोना भाइरस फैलिन नदिन केटाकेटीहरुलाई अनिवार्य रुपमा एक आपसमा भौतिक दूरी कायम गराउन तर्फ जोड दिदै आएका छन्।

तर विद्यालयमा एक कक्षामा २० जना विद्यार्थी बसाउनु पर्दा त्यसलाई भौतिक दूरी कायम गर्न समस्या भइरहेको श्रि बिराट माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानचन्द्र उपाध्यायले बताउनु भयो।

कोरोना कहरपछि झन्डै ८ महिना बन्द रहेका विद्यालय खुलेपछि विद्यार्थीहरु रमाउदै पढ्न लेख्न, र आपसमा खेल्न व्यस्त हुन थालेका छन्।

विद्यालयमा सक्रमण नहोस् भनेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक राम छबिल्ला चौधरिले बताए।

सबै विद्यार्थी मास्क लगाएर आउने गरेको, संक्रमणको जोखिमबाट बच्न र बचाउन विद्यालयले आवस्यक सबै सतर्कता अपनाएको देखिन्छ।

कोरोनाको कारण लामो समय विद्यालय बन्द गर्नु पर्दा शैक्षिक क्षति भएको बारे सर्वत्र चिन्ता गरिएको थियो।

तर विद्यालय सुचारु भएपछि कोरोना आगलागी झै फैलिने पो हो कि भन्ने चिन्ता बढेको छ। तसर्थ कोरोनाबाट बच्न र बचाउन विद्यालय र कलेजमा आवश्यक सावधानी अपनाउनु जरुरी छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्