हिजोभन्दा आज दुखाइ बढेको छ : नेता पौडेल



काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन्। तनहुँको व्यासमा पुल उद्घाटन गर्न पुगेका बेला प्रहरीले उनलाई पक्राउ गरेको थियो।

रिहाइपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् एक स्टाट्स लेख्दै नेता पौडेलले सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा मिल्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रहरीको घम्साघम्सीका क्रममा डण्डाले आफ्नो शरीर पेलिएको बताउँदै पौडेलले हिजोभन्दा आज दुखाई बढेको बताएका छन्। असली लोकतन्त्र कहिले साकार हुने हो भनेर प्रश्न गर्दै पौडेलले आफ्नो चिन्ता त्यसैमा भएको जनाएका छन्।

पुल उद्घाटनका विषयमा नेपाली कांग्रेस र नेकपा निकट युवा सङ्घबीच विवाद भएपछि प्रहरीले दिउँसो तनहुँमा निषेधाज्ञा जारी गरेको थियो।

निषेधाज्ञाकै बीच पुल उद्घाटनका लागि गएका पौडेलसहितका नेतालाई प्रहरीले पक्राउ गरेको थियो। पौडेलसहित पक्राउ परेका काँग्रेस कार्यकर्ता सबैलाई प्रहरीले करिब ३ घण्टापछि रिहा गरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्