टप फिचर

रात्रिकालीन मनोरञ्जन सेवा सञ्चालन गर्न पाउँनु पर्ने भन्दै माइतीघरमा प्रदर्शन (भिडियाे)

By Thaha - Online

December 03, 2020

काठमाण्डौँ, मंसिर १८ उपत्यकामा रात्रिकालीन मनोरञ्जन सेवा सञ्चालन गर्न पाउँनु पर्ने भन्दै माइतीघरमा प्रदर्शन भएको छ। बिहीबार ठमेल,चावहिल, कोटेश्वर, गोंगबुलगायत क्षेत्रका व्यवसायीहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले गीत गाउँदै आफ्ना माग प्रस्तुत गरेका थिए। सांस्कृतिक पहिचान झल्कने पहिरन र बाजा बजाएर प्रदर्शनमा सहभागी भएका थिए।

कोरोना महामारी सुरु भएपछि रात्रीकालीन व्यवसाय बन्द गरिएको थियो। अन्य क्षेत्रको व्यवसाय खुला हुँदा रात्रीकालीन व्यवसाय खोल्न पाउनुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्।

व्यवसाय खोल्न दिनुपर्ने वा काम गरी खानेलाई राहतको माग दिनुपर्ने भन्दै प्रदर्शनमा नाराबाजी गरेका थिए। सामाजिक र भौतिक दूरी कायम गरी अन्य व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने ठमेलबाट आएका रात्रीकालीन व्यावसायी विनोद श्रेष्ठ बताउँछन्।

करिब ९ महिना सम्म व्यवसाय बन्द रहँदा कोठा भाडा तिर्न गाह्रो भएको जस्ता समस्या रहेको उनले बताए। काम गरि खान दिनेलाई सरकारले काम गर्न दिनुपर्ने उनको भनाइ छ।