फ्रान्सका पूर्वराष्ट्रपतिको ९४ वर्षको उमेरमा निधन



पेरिस। फ्रान्सका पूर्वराष्ट्रपति भ्यालेरी जिस्कार दिस्तँको ९४ वर्षको उमेरमा निधन भएको छ।

पछिल्लो केही सातादेखि कोरोना भाइरसको संक्रमणबाट भ्यालेरीको स्वास्थ्य अवस्था बिग्रँदै यही बुधबार उनको निवासमै निधन भएको हो।

आधुनिक फ्रान्सका प्रमुख नेताको रुपमा पनि भ्यालेरीलाई चिनिन्छ। १९७४ देखि लगातार ८ वर्ष राष्ट्रपति पदमा रहेका भ्यालेरीले फ्रान्सेली समाजलाई आधुनिकतातर्फ र्डोयाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

फ्रान्समा आपसी समझदारीमा सम्बन्ध विच्छेद गर्न पाइने, मतदाताको उमेर २१ बाट १८ वर्षको मापदण्ड उनैले गराएका थिए। पदबाट हटेपछि पनि उनले यूरोपेली देशहरुबीचको सहकार्यमा जोड दिँदैआएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्