’प्रचण्ड’ र राष्ट्पतिबीच करिब एक घण्टा भेटवार्ता



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्।

प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न बिहीवार साँझ राष्ट्पति भेट्न शीतलनिवास पुगेका हुन्। राष्ट्पति र अध्यक्ष प्रचण्डबीच भने करिब एक घण्टा भेटवार्ता भएको छ ।

यसअघि बिहीबारै प्रधानमन्त्री केपी शर्माओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास गएका थिए।

प्रधानमन्त्री ओली र राष्ट्पतिबीच करिब २ घण्टा भेटवार्ता भएको थियो। छलफलको विषयबस्तुबारे शितलनिवास र बालुवाटारबाट केही बताइएको छैन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्