दाङमा घन्कियो ‘राजा आउ देश बचाउ’ को नारा



मङ्सिर १८, दाङ । नेपाल देशभक्त नागरिक समाज तथा राजसंस्था पक्षधर विभिन्न पार्टी तथा संघ संस्थाहरुले आज घोराहीमा प्रदर्शन गरेका छन् ।

राजसंस्था पुनस्र्थापनाको माग राख्दै आएका विभिन्न पार्टी तथा संघ संस्थाले ‘राजा आउ देश बचाउ’ भन्दै मोटरसाईकल र्‍याली सहित प्रदर्शन गरेका हुन् ।

सवैधानिक राजतन्त्र हिन्दु राष्ट्र कायम गर, नितिगत भ्रष्ट्राचार अन्त्ये गर भन्दै देशमा भएका हत्या हिसां, बलात्कार जस्ता घट्नाका बारेमा समेत उनिहरुले आवाज उठाएका छन् ।

प्रदर्शनको क्रममा निकालिएको मोटरसाईकल र्‍यालीले बजारका विभिन्न स्थानको परिक्रमा गरी तुलसीपुर चोकमा पुगि कोषसभामा परिणत भएको थियो ।

त्यसअवसरमा राप्रपाका केन्द्रिय सदस्य भोलानाथ योगी, स्वतन्त्र नागरिक समाजका संयोजक कुल बहादुर घर्ति, राप्रपाका केन्द्रिय सदस्य भानु केसी, दामोदर भण्डारी, ऋषिराज देवकोटा, उपाध्यक्ष वंशिकुमार शर्मा, भुपाल रावत लगाएतकाले देशका लागि राजसंस्थाको पुनस्र्थापना अपरिहार्य भएको बताएका थिए । कार्यक्रमको सहजिकरण स्वतन्त्र नागरिक समाजका सदस्य सचिव उमाकान्त भण्डारीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्