कविता : इन्जिन



के भयो त्यो जेट इन्जिन ?
पैसा छैन ऐले किन्दिन।।

दुई इन्जिन किन चले?
त्यही भएर होला जले।।

एक पटक एक इन्जिन चलाउ।
दुबै इन्जिनहरु नजलाउ।।

बेला बेलामा मोबिल फेर।
सक्छौ भने आफैँ हेर।।

बिमा चाहिँ छ कि छैन ?
नक्कली मिस्त्री लाउने हैन।।

कम्पनीको मिस्त्री छ कि छैन?
उत्तर दक्षिणको लाउने हैन।।

ड्राइभरको लाइसेन्स छ कि छैन?
पूर्णत ड्राइभर हो कि हैन?

तातो होला त्यो इन्जिन।
चिसो घरमा नलग भन्दिन।।

सिटमा बस्नेले हल्लाएर हो कि?
चिसा घरे काकी सारै रोकि।।

इन्जिन राम्रो सँग कस।
तब मात्रै सिटमा बस।।

त्यो इन्जिन चाडै नै हेर।
फेर्दा नेपाल कै मात्र फेर।।

बिदेशी चाहिँ पटक्कै नहेर।
अगाडि बढ फेरि एक फेर।।

मर्मत गरेर भए नि चलाउ।
दुबै इन्जिन अब नजलाउ।।

धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्