गिरिराज नेपाली
दाङ, १९ पुस । सुगममा छोटो तथा लामो दुरीका सार्वजानिक यातायातको सेवा महिनैपिच्छे जसो फेरिए पनि पहाडी रुटको सेवा अझै फेरिन सकेको छैन । यात्रुहरुको बाक्लो चाप, सवारी साधनहरुको अपुग सेवा र ट्राफिक सेवा पहाडी रुटमा अझै उस्तै छ । जसका कारण सर्वसाधरण यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न वाध्य बनेका छन ।
घोराही–मुर्कुटी –प्युठान सडकखण्ड अन्तर्गत सञ्चालन हुने सार्वजानिक यातायात र यात्रुहरुको सेवा अझै उस्तै छ । दैनिक पाँच वटा सार्वजानिक बस उक्त रुटमा सञ्चालन भएपनि यात्रुहरुको वढ्दो चाप संगै उक्त रुटमा यातायात सेवा अभाव बन्दै गईरहेको स्थानीयहरुले बताउछन । बगंलाचुली – ५ का प्रेम बहादुर रोकाले भन्नुहुन्छ– ‘ गाडीवालाले मनपरी बोक्छन, हामी यात्रुहरु पनि चढिहाल्छौ । ’ नबोकेर पनि के गर्ने नचढेर पनि नहुने ,घर जानैपर्छ, बजार आउनै पर्छ । गाउँ सम्म जाने गाडी एउटै हुन्छ । चढ्ने मान्छे थुप्रै हुन्छौ । हर्नक मुुकुर्टी, हुदै प्युठान सम्म जाने यात्रुको संख्या थपिदै गएपनि गाडीको उही एउटै रहेको यस्तो वाँध्यताको यात्रा गर्नुपरेको उहाँले बताउनुभयो । ‘ गाडीवालाले जति मान्छे पाइन्छ, उतिनै बोक्छन । सकेसम्म कतैखाली राख्दैनन । जसका कारण सवै यात्रुहरुले जोखिमकै यात्रा गरिरहनुपरेको उहाँको भनाई छ ।
त्यस्तै तापाकी पुजा विकले भन्नुभयो – ‘ उस्तै परे महिलाहरु , बालबच्चाहरु प्नि झुण्डीएर वा छतमा बसेर सम्म यात्रा गर्नुपर्ने वाध्यता छदैछ । ’ अन्य ठाउँमा एसी सहितका बस चल्छन, तर हाम्रा ठाउँमा बसेर यात्रा मुस्किल पर्ने गर्छ । महिनैपिच्छे सवारी साधनहको वृद्धि र स्तरिय सेवा सुचारु भए पनि पहाडी क्षेत्रका वासिन्दाहरु लाई त्यो सुविधाले नछुदा दुविधाको यात्रामै चित्त बुझाउनु परेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ साना बच्चा, च्यापेर मर्छन जस्तो हुन्छ, छत जताततै मान्छे मात्रै हुन्छन । खुट्टो राख्ने ठाँउ हुदैन । ’ अझै त्यसमा पनि कच्ची बाटोले हामीलाई निकै सास्ती दिएको छ ।
छतभरीका मान्छे बजार नआउदै उतै खोलामै ओराल्छन । गाउँ जाँदा पनि उतै खोलावाट छतमा चढाउछन । खोलापारी न ट्राफिक देखिन्छ, न समितिका मान्छे नै कोही हुन्छन । उहाँले भन्नुभयो– ‘ बसले बोक्ने नसक्ने गरी मान्छे चढ्छन र चढाउछन । ’ त्यो कसैले देख्दैनन् । हामीले केही भन्यो –गाडीवाट झराउने जस्तो गर्छन भन्दै उहाँले गुनासो पोख्नुभयो । पहाडी क्षेत्रको यातायात सेवा नफेरिदा यात्रुहरु जोखिमको यात्रा वाध्यता छदैछ, कतै केहि बोलेमा यात्रा नै गर्न नपाईने पो हो कि भन्ने चिन्ता रहेको पनि उहाँले बताउनुभयो ।
राप्ती अञ्चल सार्वजानिक यातायात तथा बस व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले घोराही –मुकुर्टी– प्युठान खण्डमा यातायातको अभाव नरहेको बताउनुभयो । दैनिक पाँच वटा सार्वजानिकहरु उक्त रुटका लागि छुट्ने उहाँले बताउनुभयो । दैनिक विहान साढे ७ वजे, उजा स्युजाको लागि एकवटा, ८ वजे प्युठान तिराम, दिउँसो २ वजे स्युजाको बोजपोखरा एक वटा दिउँसो ३ वजे मुकुर्टी र ४ वजे तापाखानीका लागि दैनिक जाने गरेको उहाँले बताउनुभयो ।
यात्रुहरुको वढ्दो चापलाई मध्ये नजर गर्दै सवारी साधन थप संगै रुट वृद्धि गरिएको उहाँले बताउनुभयो । तर यात्रुहरु आफै जथाभावीहरु छतमा चढ्ने समस्या देखिएको उहाँले बताउनुभयो । ट्राफिक चेतनाको अभावका कारण यात्रुहरु जथाभावी रुपमा जोखिमपूर्ण यात्रा गर्ने गरेको उहाँले बताउनुभयो । तर स्थानीयहरु यात्रुहरुको सख्या वृद्धि भएको छ, भने तत्काल ति रुटमा सवारी साधनको थप गरिने सक्ने पनि उहाँले बताउनुभयो ।
त्यस्तै जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख ओमप्रकाश वाग्लले गाडी चालकहरुले लुकिछिपी क्षमताभन्दा वढि यात्रु बोक्ने गरेको बताउनुभयो । घोराहीको सिस्नेखोला पारी यात्रु पठाउने उतै वाट छतमा बोकेर लग्ने गर्ने गरेको उहाँले बताउनुभयो । पहाडी क्षेत्र तथा संवेदनशिल क्षेत्रमा ट्राफिक प्रहरीको व्यवस्थापन गर्न नसक्दा चालकहरुले मनपर्ने गरी यात्रु ओसारपोसार गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ यात्रु आफै सजक भए वा चालक पेशामा संवेदनशिल भए यो वाध्यता हटेर जाने थियो । ’ तर यात्रुहरु के गरुन गाउँ जानलाई एउटा मात्रै बस हुन्छ । बसको सख्या थपिएको छैन । यात्रुको सख्या दिनपिच्छे थपिदै जान्छ । उहाँले भन्नुभयो– जोखिम कम गर्न समिति, चालक र यात्रु तिनै पक्ष निकै संवेदनशिल बन्नुपर्छ । ’ होईन भने यात्रुहरुले अझै समस्या भोग्नुपर्ने वाहेक अरु केही विकल्प छैन । हामीले भनेर मात्रै के गर्ने यात्रुहरुको वाध्यता छ । चेकिङमा भेटाए कार्वाही गरिन्छ । तर यात्रुहरु घर सम्म पु¥याउनु पनि व्यवहारिक पक्ष पनि देखिन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।