प्रहरीको नाकैमुनी विप्लवको प्रशिक्षण



कालिकोट । विप्लव नेकपा कालिकोटले राजनीतिक एबं वैचारिक कामलाई तिब्रता दिएको छ । यसै क्रममा जिल्लाको एरिया न ४ को प्रशिक्षण कार्यकम सम्पन्न भएको छ ।

एरिया इञ्चार्ज दिलमानको अध्यक्षता तथा जिल्ला सेक्रेटरी रणदिपको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । कार्यक्रममा बदालकोट नानिकोट र राम्नाकोटका पार्टी सदस्यको उपस्थिति रहेको थियो ।

कार्यकरममा बोल्दै सेक्रेटरी रणदिपले एकीकृत जनक्रान्तिको कार्यदिशा सफल बन्दै गएको दावी गरे । उनले आफ्नो पार्टीको कार्यदिशा सबै कम्युनिष्ट पार्टीहरुको कार्यदिशा बन्नेमा विश्वास व्यक्त गरे ।

उनले वर्तमान सरकार र व्यवस्था पुरै असफल भएकाले यस्को विकल्प वैज्ञानिक समाजवाद बाहेक अर्को विकल्प नरहेको ठोकुवा गरे ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्