राेल्पाकाे त्रिवेणी गाउँपालिका वडा न ५ काे नव निर्मित वडा भवनकाे उदघाटन गरिएको छ।
वडा कार्यालय ट्रस भवनकाे उदघाटन गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले गर्नु भएकाे छ। स्थानीय निर्वाचन भए सँगै गाउँपालिकाहरु वडामा बिभाजन भएका थिए जसमध्ये वडा न ५ ले सेवाग्राहीहरुलाई भाडामा कार्यालय लिएर सेवा प्रदान गरिरहेको थियोे अहिले अाफनै कार्यालय स्थापना गरेर अवका दिनहरुमा अाफनै कार्यालयबाट यस वडाले मुस्कान सहितकाे सेवा प्रदान गर्ने छ। साथै नव निर्मित ट्रस भवन २५ लाख लागतमा निर्माण कार्य सम्पन्न भएकाे वडा सचिव हिरा वलीले जानकारी दिनु भएकाे छ।
वडा कार्यालयकाे अाफनै भवन वनेपछि स्थानीय बासिन्दा र सेवाग्राहीहरु खुसी भएका छन्।
भवन उदघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले वडा भवन निर्माण भए सँगै कर्मचारीहरु जनप्रतिनिधिले मुस्कान सहितकाे सेवा प्रदान गर्नेमा अाफू ढुक्क रहेकाे बताउँनु भयाे।कर्मचारी हाेस जनप्रतिनिधि जाे भए पनि मन वचन कर्मले जनताहरुलाई सेवा प्रदान गर्न अाग्रह समेत गर्नु भयाे ।
त्यस्तै वडा न ५ का वडा सदस्य लेखमणि डाँगीले पनि कुनै काम सहज रुपमा गर्नकाे लागि भाैतिक सँरचना अति अावश्यक पर्दछ त्याे परिपुर्ति भएकाे छ जसले गर्दा जनताका कामहरु सहज रुपमा हुनेछ भन्नेमा विश्वास रहेकाे बताउनु भयाे।
ट्रस भवन उदघाटन कार्यक्रममा बाेल्दै प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसीले धेरै समय अन्तरालमा वडा न ५ काे अाफनै भवन निर्माण भएकाेमा खुसी ब्यक्त गर्दै जग्गा दान गर्नै जग्गा दाताहरुलाई धन्यवाद समेत ब्यक्त गर्नुभयाे साथै छिटोछरितो र मुस्कान सहितकाे सेवा दिने प्रतिबद्वता समेत ब्यक्त गर्नुभयाे।
उदघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष शान्त कुमार वली ,प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी ,वडा न ५ का वडा सदस्य कृष्ण बहादुर केसी ,वडा न ६ का वडा सदस्य लेखमणि डाँगी ,प्रशासन अधिकृत हेमराज उपाध्याय , लेखा अधिकृत सुदिप सिग्देल , सुचना अधिकृत भरत डि.सी,वडा सदस्य जातिराम घर्ती ,वडा सदस्य जीत बहादुर केसी ,लगाएत जग्गा दाता ज्युहरु,राजनीतिक दल, जनप्रतिनिधि ,समाजसेवी ,व्यापारी ,नागरिक समाज स्थानीय बासि हरुकाे उपस्थिति रहेकाे थियाे।
कार्यक्रमकाे सन्चालन वडा न५ कि वडा सचिव हिरा वलीले गर्नु भएकाे थियाे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।