नेपालको चेतावानी नयाँ सरकार गठनमा काँग्रेस बाँधक नहोस्



सैघाली खबर
काठमाण्डौ, १९ पुस । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ सरकार गठन प्रक्रियामा अवरोध नगर्न सत्तारुढ काँग्रेसलाई चेतावनी दिएका छन् ।

वरिष्ठ नेता नेपालले ५ वर्ष चुप लागेर प्रतिपक्षमा बसी सरकारलाई रचनात्मक सुझाव दिन पनि काँग्रेस नेतृत्वलाई सुझाव दिए ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनादेश अनुसार नयाँ सरकार गठन प्रक्रियामा काँग्रेसले अवरोध गरेको भन्दै चिन्ता पनि व्यक्त गरे ।

वरिष्ठ नेता नेपालले बाम गठबन्धन तोड्ने प्रयास नगर्न पनि काँग्रेस नेतृत्वको गम्भिर ध्यानाकर्षण गराए ।

एमाले वरिष्ठ नेता नेपालले माओवादी केन्द्रसँगको पार्टी एकतामा ढिलाई गर्न नहुनेमा पनि जोड दिए । उनले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनु स्वभाविकै हुने टिप्पणी पनि गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्