प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल खुमलटार पुगे



काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेट भएको छ। प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पोखरेल शुक्रबार बिहान खुमलटार पुगेका थिए। पोखरेल शुक्रबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।

नेकपा अध्यक्ष एवं प्रधानमभन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकको एक दिन अघि ‘प्रचण्ड’लाई फकाउने कसरत तीव्र पारेका हुन्। सोही बमोजिम ओलीले आफू निकट नेता ईश्वर पोखरेललाई खटाएको बताइएको छ। प्रचण्डसँग भएको भेटमा पोखरेलले साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ।

प्रचण्डलाई सहमतिमा अघि बढेमा पार्टी र आफूहरुको प्रतिष्ठा जोगिने भन्दै उनले फकाउने कोशिस गरेका छन्। यसअघि हिजो महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव पेश गरेका थिए। अध्यक्ष ओलीले मंसिर १३ गते प्रचण्डको प्रस्तावको जवाफ दिएका थिए। प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने अडानमा छन्। ओली पक्षधरले भने दुबै प्रतिवेदन फिर्ता गरेर साझा प्रस्ताव ल्याउन प्रयास गरिरहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्