सैघाली खबर
दाङ,पुस १९ । तुलसीपुर देखि काठमाडौ विमान सेवा सुरु हुने भएको छ । पुस २३ गते विमान सेवा सुरु गर्नका लागि टिकट वुकिङ्ग खुला गरिएको छ । अहिलेका लागि दाङ्गमा तुलसीपुर उपमहानगरपालिकामा टिकट काटिने र तत्काल दाङ्गका विभिन्न ठाउँमा एजेन्सी मार्फत टिकट काट्ने काम सुरु हुने नगरप्रमुख घनश्याम पाण्डेको भनाई उधृत गर्दै प्रेस संयोजक वसन्त विवश आचार्यले वताए ।
तत्कालका लागि काठमाडौबाट दाङ्गका लागि सात हजार दुई सय र दाङ्गबाट काठमाडौका लागि ६ हजार ८ सय देखि ७ हजार २ सय सम्म भाडा तोकिएको छ । दाङ्गमा टिकट काट्का लागि तुलसीपुर उपमहानगरपालिका सुचना अधिकारी झरेन्द्र खरेललाई ९८५७८२२३७७ मा काठमाडौमा विष्णु दुलाललाई ९८०२०८००४० मा सम्पर्क गर्न सकिने वताइएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।