बिश्वकै दोस्रो अग्लो बन्जीबाट एडभेन्जर स्टार गौतम खातीले गरे जम्प



एड्भेन्चर स्टार गौतम खातीले फेरी पनि अर्को एकदमै खतरनाक स्टण्ट गरेका छन् । गत मंङगलबारका दिन नेपालको पर्वत जिल्लामा पर्ने संसारकै दोस्रो अग्लो ठांउमा रहेको बन्जीबाट जम्प गरेका हुन ।

उनले गएको मंसिर १६ गते मंङगलबारका दिन नेपालको पर्वत जिल्लामा पर्ने संसारकै दोश्रो अग्लो ठांउमा रहेको बन्जीबाट जम्प गरेका हुन ।

दि क्लिफ रिसोर्ट बाग्लुङको मातहतमा रहेको यो पुलको लम्बाई ५२० मि र गहिराई २२८ मि रहेको छ । पर्वत र बाग्लुङ मध्य बिन्दुमा पर्ने यो पुल मुनी काली गण्डकी नदी बगेको छ ।

गौतम खातीले यस अघि पनि खतरनाक स्टन्ट गर्ने क्रममा १६५ मि गहिराई भएको सिन्धुपाल्चोक जिल्लामा पर्ने भोटेकोशी नदिमा रहेको पुलबाट बन्जी जम्प गरिसकेका छन् ।

नेपालको नाम संसारमा चिनाउनको लागि यस्ता जोखिमपूर्ण काम गर्दा डर भन्दा पनि गौरव लागेको कुरा बताउँछन् । र आगामी दिनमा पनि आफूले यस्तै कामहरू निरन्तर गर्ने कुरा पनि सुनाउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्