अर्कैको श्रीमती भगाउने वडाध्यक्ष पक्राउ



खलंगा । सल्यानमा एकजना वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । अर्कैको श्रीमती भगाएर तेस्रो बिहे गरेका कारण ती वडाध्यक्ष पक्राउ परेका हुन् । बनगाड कुपिण्डे नगरपालिका वडा नं ९ का वडा अध्यक्ष इन्द्रबहादुर कुमाईलाई शुक्रबार बेलुका जयतपानी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
वडाअध्यक्षसँगै उनकी कान्छी श्रीमती ग्वामी विष्ट कुमाईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

घरमा २ जना श्रीमती र दुबै श्रीमति तर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती विहे गरेको भनी स्थानीय ५ जनाले प्रहरीमा बहुविवाह गरेको कसुरमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत सल्यानबाट पक्राउ अनुमति लिई आरोपित दुबैजनालाई नियन्त्रणमा लिएको इन्स्पेक्टर लक्ष्मण ओलीले बताए ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्