दाङमा कृषि क्षेत्रमा आधुनिक मेसनरी औजारको प्रयोग बढ्दै



दाङ १९ मंसिर पछिल्नो समय प्रविधिको विकास भएसँगै कृषि क्षेत्रमा आधुनिक मेसनरी औजारको प्रयोग बढ्दै गएको छ । कृषि ब्यबसायिकरण गर्न आधुनिक कृषि उपकरणको प्रयोगबाट छिटो र सहज हुने भएपछि कृषकहरुले मेसनरी औजारको प्रयोग गर्न थालेका छन् । मकै रोप्ने, गोड्नेदेखि, खेत जोत्ने, गहुँ दाउने, धान दाउनका लागी आधुनिक प्रविधिको प्रयोग हुने क्रम बढेको छ ।

धान रोप्नका लागि जमिन खन्ने र मिलाउने, रोप्न, काट्ने र काटेको धानको ब्यबस्थापन गरि भण्डारण गर्ने काममा पनि प्रविधिको प्रयोग हुन थालेको छ । यसबाट समयको बचत हुने र ब्यबस्थापनमा सफाइ हुने भएकाले कृषि क्षेत्रमा आधुनिकरण उपकरणको प्रयोग गर्न थालिएको तुलसीपुर ११ मोतिपुरका धनराज बस्नेतको भनाई छ ।

तिन वर्ष पहिले विदेश पुगेर स्वदेश फर्किएका बस्नेतले हाल आधुनिक प्रविधिको प्रयोगबाट कृषि व्यवसाय गदै आएको बताउँछन् । ट्याक्टर खरिद गरि जोत्ने, धाउने काम आफै गर्दै आएको उनको भनाई छ । उनले कृषि क्षेत्रमा प्रविधिको प्रयोग गदै आएका छन् भने अन्य किसानहरुलाई भाडामा दिने गरेको बताएका छन् । उनले प्रति घण्टा १६ देखि २ हजारसम्म लिने गरेको बताए ।

३० मुरी धान खलियानबाट गोरु राँघाको माध्यमबाट दाही मार्दा कम्तीमा ३ दिन लाग्ने गरेकोमा अहिले थ्रसेर जस्ता कृषि आधुनिक प्रबिधिबाट आधा घण्टामै सकिने भएको हुदा समय र लगानीको समेत बचत हुने अर्का किसान तेजबहादुर बस्नेतले बताए । झण्डै ६३ बर्षीय बस्नेतले परम्परागत रुपमा धान खेती गरेर घरसम्म भण्डारण गदै आएका उनले पछिल्नो समय कृषि आधुनिक उपकरणको प्रयोग गर्न थालेको बताएक छन् ।

लामो समय देखी कृषि पेशा गदै आएका उनले समयमै रासायनिक मल प्रायप्त मात्रामा उपलब्ध हुन नसकेको भएपनि यस वर्ष धानबाली जिल्लामा राम्रो उत्पादन भएको छ । यता कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थ बिज्ञ उमेशचन्द्र श्रेष्ठका अनुसार बर्षात राम्रो भएका कारण उत्पादन राम्रो भएको हो ।

यसबर्ष ३८ हजार ४ सय ९७ हेक्टरमा धान खेती भएको छ भने गत बर्ष दाङका ३७ हजार सात सय १० हेक्टरमा गरिएको थियो । यसपालि १ लाख ७९ हजार मेट्रिक टन धान उत्पादन हुने अपेक्षा गरिएको छ ।

गतबर्ष १ लाख ६८ हजार ५८ मेट्रिकटन उत्पादन भएको उनले बताएका छन् । यसबर्ष प्रतिहेक्टर उत्पादकत्व ४ दशमलव ६ मेट्रिकटन प्रतिहेक्टर थियो । भने गत बर्ष ४ दशमल ५ प्रतिशतप्रति हेक्टर धानको उत्पादकत्व थियो । दाङमा करिब ६५ प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेको तथ्याङ्कमा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्