अब के होला सिलवालको सांसद पद ?



सैघाली खबर
काठमाण्डौ, १९ पुस । नेपाल प्रहरीका पूर्वडिआइजी तथा एमाले सांसद नवराज सिलवालविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको खबर सार्वजनिक भएसँगै उनको सर्वसाधारणमा सांसद पद अब के होला भन्ने कौतुहलता बढेको छ ।

 

महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि यस्तो कौतुहलता बढेको हो ।

पक्राउ पुर्जी परिसरले महानगरीय प्रहरी परिसर ललितपुर पठाइसकेको छ । प्रहरीका अनुसार आइजिपी बढुवाका क्रममा आवश्यक कार्यसम्पादन मूल्यांकन ९कासमू० नम्बर किर्ते गरेको पाइएपछि उनलाई पक्राउ गर्न पुर्जी काटिएको हो ।

कानुनविद्का अनुसार सिलवालको सांसद पद प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेकै आधारमा जाँदैन । यसका लागि अदालतमा मुद्दा दर्ता हुनुपर्छ ।

अधिवक्ता डा। भीमार्जुन आचार्यले सिलवाल पक्राउ भएलगत्तै सांसद पद नजाने बताए । ‘प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गर्न सक्छ । यही आधारमा सिलवालको सांसद पद जाँदैन ।

अदालतमा मुद्दा दर्ता भयो भने उनको सांसद पद निलम्बनमा पर्छ,’ उनले भने । अदालतबाट दोषी ठहर नभएमा उनको सांसद पद पुनः फिर्ता हुने आचार्यको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्