अनमोलको यति यति पानीगीतले बल्ल पायो युट्युव ट्रेन्डिङको पहिलो स्थानमा



सैघाली खबर
काठमाडौं,२० पुस

यस बर्षको बहुप्रतिक्षित चलचित्र ‘कृ’ को टेलर रिलिज संगसंगै यसको चर्चा परिचर्चा झनै चुलियो । ‘कृ’ संग सम्बन्धित कुराहरु हेर्न दर्शकहरु निकै आतुर थिए । फलस्वरुप दर्शकको कौतुहल्तालाई मेटाउँदै ‘कृ’ ले आफनो पहिलो गीत रिलिज ग¥यो । कल्व डान्स विटमा तयार भएको “यति यति पानी” बोलको गीतको भिडियो मेकिङ निकै उत्कृष्ट छ ।अनमोल केसीको नामले मात्र पनि युट्युवमा हंगामा मच्चिन्थ्यो । तर ‘कृ’ को गीतलाई युट्युव ट्रेन्डिङमा आउँन हम्मे हम्मे परेकोे छ । उक्त गीतले तीन दिनमा बल्ल बल्ल पहिलो स्थान लिन सफल भएको हो । गीतमा अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् ।

भिडियोमा अनमोलको डान्सको प्रयासलाई सबैले प्रशंसा गरेका छन् । भिडियोलाई हालसम्म १८ लाख भन्दा बढिले हेरिसकेका छन् भने ३६ हजारले लाईक गरेका छन् । दोस्रो स्थानमा ‘शत्रु गते’ र तेस्रो स्थानमा कम्मरमा ट्याटु रहेको छ । ‘कृ’ ले यो बर्ष तहल्का मच्चाउँने अनुमान गरिएको छ । सुवास इन्टरटेन्मेण्ट र सुपर काजल फिल्मसको प्रस्तुतीमा निर्माण भएको यस चलचित्रलाई सुरेन्द« पौडेलले निर्देशन गरेका छन् ।

लभस्टोरी र एक्शन विधामा निर्माण भएको ‘कृ’ मा छेतेन गुरुङ – आशिष रेग्मीको पटकथा ,पुरुषोत्तम प्रधानको छायांकन र चन्द्र पन्तको द्धन्द रहेको छ ।चलचित्रमा श्री पराजुली सह–निर्माता , कार्यकारी निर्माता कमल गिरीको रुपमा रहेका छन् ।

अनमोलले २० लाख पारिश्रमिक लिएको भनिएको यस चलचित्रमा अदिति बुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतको पनि अभिनय रहेको छ। यसअघि दुई पटकसम्म आफनो रिलिज मिती सारेको यो चलचित्र माघ २६ मा रिलिज हुँदैछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्