डोटी। डोटीको बोटगान फुड्सिल गाँउपालिकामा जिप दुर्घटना भएको छ। दुर्घटनामा दुई सरकारी कर्मचारीसहित तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
दुर्घटनामा परी पीर बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौतारामा वडा सचिव २८ वर्षीय नायबसुब्बा मञ्जु त्रिपाठी र उनकी सासूआमाको मृत्यु भएको हो। त्यस्तै ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका वडा नं ४ चनेकेसैन निवासी कृषि प्राविधिक हरि भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए।
घाइते हुनेहरूमा मृतक त्रिपाठीकी ३ वर्षीय छोरा, ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी तथा उनकी श्रीमती खेमा गिरी रहेका छन्। त्यस्तै खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र चालक कैलाश बम घाइते भएका हुन्।
डोटीको दिपायलबाट चवराचौताराका लागि छुटेको मे १ च ५५० नम्बरको जिप सोही गाउँपालिकाको वडा नं ७ मा दुर्घटना भएको प्रहरीले जनाएको छ। कच्ची सड्कमा जिप भीरबाट करिब २०० मिटर तल खसेको बताइएको छ। राति करिब एक बजे जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेहरुको उपचारका लागि दिपायल लगिएको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।