काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन्।
स्थायी समिति बैठकमा प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, रघुवीर महासेठ, मातृका यादवलगायत सहभागी छैनन्।
स्थायी समिति बैठकबाट बाहिर निस्केर सदस्य चक्रपाणि खनालले अध्यक्ष दाहालको सम्बोधन जारी रहेको जानकारी दिए। ‘अध्यक्ष दाहालको सम्बोधन जारी छ, अन्य सदस्यहरुले बोल्ने मौका पाएका छैनन्,’ खनालले भने।
आइतबार चलिरहेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नआएपछि उनको अनुपस्थितिमा बैठक सुरु भएको हो। ओली बरु बैठक सुरु हुने बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका थिए।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।